चुनावी गठबन्धन गर्दैन, सबै दल मिलेर आए पनि बहुमत ल्याउँछौँ : गगन थापा


काठमाडौँ, १६ असोज । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा कम्युनिस्ट, मधेसवादी र राप्रपा मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे ।उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औँल्याए । “कांग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिस्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,” थापाले भने,“उनीहरु मिले पनि जित्न सक्छौँ । त्यसका लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।”उनले थपे,“कांग्रेस आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।”नेता थापाले कांग्रेसमा सुद्धिकरणको आवश्यकता रहेको पनि औँल्याए । अहिलेकै अवस्थामा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहे नेपाली कांग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति