एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि सामूहिक छलफल जारी

काठमाडौं, १६ असोज ।  नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सामूहिक छलफल जारी रहेको हो ।

छलफलका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलई १० समूहमा विभाजन गरिएको छ । महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन् ।

एमालेले पहिलोपटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । आइतबार प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति