साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं, १६असोज। माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति