एमाले विधान महाधिवेशन :महासचिव पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेस (पूर्णपाठ)

काठमाडौं, १५ असोज । नेकपा एमालेको आज (शुक्रबार)बाट शुरु भएको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् ।ललितपुरको गोदावरीमा आजदेखि शुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गरेको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको ठहर गरिएको छ । जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका छन् ।उनले एमाले कार्यकर्ताहरूमा पछिल्लो समय समयमा कुनै मापदण्ड विनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापतको शुल्क, लेबी अरू कसैले तिरिदिनु पर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको पाइएको उल्लेख गरेका छन् ।त्यस्तै पोखरेलले संगठनात्मक अराजकता र गुटबन्दीको समस्या रहेको समेत उल्लेख गरेका छन् । ‘पार्टीले योजनाबद्ध रूपमा वैचारिक कामलाई अघि बढाउन नसक्ने हो भने संगठनात्मक अराजकताको समस्या समाधान हुने छैन । तसर्थ पार्टीले आगामी दिनमा योजनाबद्ध रूपमा संगठनात्मक अराजकता र गुटबन्दीको विरुद्धमा वैचारिक राजनीतिक अभियान सञ्चालन गर्नु पर्दछ’, महासचिव पोखरेलको प्रस्तावमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति