२०७५ जेठ ३ ऐतिहासिक परिघटना थियो : अध्यक्ष ओली


काठमाडौं, १५ असोज।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गते भएको माओवादी केन्द्रसँग भएको एकीकरण नेपाली कम्युनिस्ट पार्टीका लागि ऐतिहासिक भएको बताएका छन् । पहिलो विधान महाधिवेशनमा शुक्रबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले भने,एमाले(माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना थियो । ओलीले संसद्को प्रतिकूलताका कारण आफू नेतृत्वको सरकार कमजोर भएको पनि बताए ।

आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै पुष्पकमल दाहाल र माधवकुमार नेपालले कमजोर बनाउने काम गरेको उनले भने । एकतालाई असन्तुलित बनाउन नेपाल लगायतका नेताहरू दाहालसँग लागेको पनि ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने, सरकारका कामको प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने खेल भएको ‌ओलीको भनाइ छ ।

दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि आफ्नो निवासलाई ुहेडक्वाटरु बनाएको पनि ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसपहिले पनि दाहालले कांग्रेससँग मिलेर सरकार बनाएको र एमालेलाई सत्ता बाहिर राखेको भन्दै राजनीतिक प्रतिवेदनमा असन्तुष्टि व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति