डेढ वर्षपछि यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

काठमाडौं, १५ असोज ।मन्त्रिपरिषद्को निर्णयपछि डेढ वर्षदेखि रोकिएको भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित शुक्रबारदेखि नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।नेपाल सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ।

नेपाल सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ। मन्त्रिपरिषद्को निर्णयपछि डेढ वर्षदेखि रोकिएको भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित शुक्रबारदेखि नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए ।यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छमहामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति