विदेश नीतिबारे एमाले अध्यक्ष ओलीको प्रतिवेदन कस्तो ?

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे। उनले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए। शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले कसैसँग पनि भैरभाव नराख्नू आफ्नो पार्टीको विदेश नीति भएको बताए। उनले भने, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौं । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढनेछ । नेपाल एक चीन नीतिमा अडिग छ । नेपाल भारत सिमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन भन्ने कुरामा भारतको चासो देखिन्छ ।

भारतसँगको व्यापार घाटा लिपुलेक, लिम्पियाधुरा र कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता र सिमाको व्यवस्था हुने अनावश्यक चासो जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ । हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौं । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरु छिमेकीहरुबाट पनि चाहन्छौं । दुई देशबीचको समस्याहरुलाई जिम्मेवारी कूटनीतिक पहलको माध्यामबाट समाधान गर्न हामी चाहन्छौं । हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि भैरभाव नराख्नु हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति