काठमाडौँ, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको सहयोगमा एमाले विभाजन भएको आरोप लगाएका छन् । पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका लागि अदालत, आयोग र सभामुखको भूमिका रहेको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् । अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् । विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिएका हुन् ।अहिले अध्यक्ष ओलीको प्रतिवेदन पोखरेलले पेस गरिरहेका छन् । प्रतिवेदन पेस गर्ने क्रममा उनले पटक-पटक खोकेका थिए । अध्यक्ष ओली अहिले मञ्चमै बसेर आफैले तयार पारेको प्रतिवेदन सुनिरहेका छन् ।
ओलीको आरोपः एमाले विभाजनमा अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका (प्रतिवेदनको पूर्णपाठ)
प्रतिक्रिया