मधेसवादी दलले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेका थिए – अध्यक्ष ओली


काठमाडौँ, १५ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दलहरूले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेको आरोप लगाएका छन् ।शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले विभिन्न बाह्य हस्तक्षेपका बाबजुद पनि एमालेको निर्णायक भूमिकाका कारण नेपालको संविधान जारी भएको बताएका हुन् । ‘संविधान निर्माणका क्रममा मधेसवादी दलहरूले बाह्य हस्तक्षेपको माग गरे,’ ओलीले भने, ‘कांग्रेस र माओवादीका कतिपय नेता हिंसा फैलाउने काममा लागेको पाइयो ।’संविधान निर्माणका क्रममा एमालेले निर्णायक हस्तक्षेप गरेकाले जनताले चाहेजस्तो संविधान जारी भएको ओलीको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति