एजेन्सी/ डिसेम्बरसम्म टाटाले एयर इन्डियाको स्वामित्व हात पार्ने सम्भावना छ । जेआरडी टाटाले सन् १९३२ मै टाटा एयरलायन्सको स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा विमान सेवा बन्द गरिएको थियो । जब विमान सेवाको पुनर्बहाली भयो सन् १९४६ को जुलाई २९ मा टाटा एयरलायन्सको नाम फेरेर एयर इन्डिया लिमिटेड राखिएको थियो । एयर इन्डिया टाटा ग्रुपले सन् १९३२ मा सुरू गरेको संस्था हो जसलाई सन् १९५३ मा भारत सरकारले राष्ट्रियकरण गरेको थियो। अब वार्ता सफल भएमा उक्त एयरलाइन संस्थापक कम्पनीलाईनै फिर्ता जानेछ।
सरकारले पनि एयर इन्डियालाई निजीकरण गर्दा भारतीय समूहकै वर्चश्व रहोस भन्ने चाहेको छ। दशकौंदेखि एयर इन्डिया भारतीय सरकारका लागि पाल्न कठिन हुने सेतो हात्ती जस्तो भएको छ। निजी क्षेत्रबाट सञ्चालन गरिएका सस्ता र प्रभावकारी एयरलाइन्ससँग प्रतिष्पर्धा गरिरहेको एयर इन्डियालाई ५० हजार करोड भारू ऋण छ। उसले २८ हजार करोड पूँजीगत ऋण र ४ करोड ब्याज तिर्न बाँकी छ। सन् २००७ देखि उसले कुनै नाफा कमाएको छैन। वित्तीयमन्त्री अरूण जेटुलीलगायत सरकारका उच्च अधिकारीले एयर इन्डियालाई निजीकरण गर्ने बताउँदै आएका छन्। एयर इन्डियाको आन्तरिक उडानमा अहिले १४ प्रतिशत मात्र हिस्सा छ त्यो हिस्सा एक दशक अघि ३५ प्रतिशत थियो। अहिले भारतको आन्तरिक उडानमा इन्डिगोको ४० प्रतिशत र जेट एयरवेजको १६ प्रतिशत हिस्सा छ।
एयर इन्डियाले अन्तराष्ट्रिय उडान पनि गर्छ। भारतबाट आवत–जावत गर्ने उडानहरु मध्ये १७ प्रतिशत उसको हिस्सा छ।एयर इण्डियालाई चाहिएको ३० हजार करोड मध्ये सरकारले २४ हजार करोड ‘बेल–आउट’ रकम हालिदियो। तर पनि एयर इन्डियाले निजी एयरलाइन्ससँग बजार प्रतिष्पर्धा गर्न सकेन।टाटा ग्रुप एयर इन्डियाको ऋण दायित्वबाट चिन्तित छ, तर एयरलाइन्सको १४ प्रतिशत बजार हिस्सा उसका लागि आकर्षण छ। सरकारले एयरलाइन्सको ऋण दायित्व घटाउने र खरिद प्रक्रियालाई आकर्षक बनाउने टाटा ग्रुपलाई आश्वासन दिएको सञ्चार माध्यमले बताएका छन्।
टाटा ग्रुपले मलेसियाको एयरएसियासँग मिलेर सस्तो एयरएसिया-इन्डिया सञ्चालन गर्छ। त्यस्तै सिंगापुर एयरलाइन्ससँग मिलेर विस्तारा एयलाइन सञ्चालन गर्छ।टाटा ग्रुपका पूर्वअध्यक्ष जेआरडी टाटाले सन् १९३२ मा ‘टाटा एयरलाइन’ संचालन गरेका थिए। मुम्बई–कराँची उडान गरेर टाटा एयरलाइनले आफ्नो बिजनेस सुरू गरेको थियो। भारत स्वतन्त्रता पछि सन् १९४८ मा यसलाई सरकारसँग मिलेर एयर इन्डिया इन्टरनेशनल बनाइयो।त्यसको ५ वर्षपछि देशका सबै हवाई सेवालाई भारत सरकारले राष्ट्रियकरण गरेको थियो।
एयरइन्डियासँग कति छ सम्पत्ति ?
सन् २०२० मार्च ३१ सम्म एयर इन्डियाको कुल सम्पत्ति करिब चार खर्ब ५८ अर्ब ६३ करोड रुपैयाँ छ । यसमा एयरइन्डियाको जग्गा, भवन, एयरक्राफ्ट र इञ्जिन समावेश छन् ।
एयरइन्डियाका कर्मचारीहरूको के हुन्छ अब ?
सरकारले गाइडेन्सका आधारमा एयरइन्डिया कर्मचारीहरूको हितमा हुने काम गरिने संसद्मा आफ्नो जवाफ दिएको थियो ।
प्रतिक्रिया