संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : केसी


काठमाडौं, १५ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।
प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ । दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको उनले बताए ।

अध्यक्ष केसी भने, ुसंवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।ु अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति