जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान थाल्ने तयारी

पोखरा, १५ असोज । आगामी जनवरी १ देखि पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । शुरुमा आन्तरिक उडानमात्रै शुरु गर्ने र वैशाखपछि मात्रै अन्तर्राष्ट्रिय उडान गर्ने गरी जनवरी १ देखि नै उडान खुला गर्न नागरिक उड्ड्यन प्राधिकरणलाई विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलले सिफारिस गरेको साथै अबको तीन महिनाभित्रै विमानस्थल सञ्चालन गर्ने गरी महत्वाकांक्षी योजना अघि सारेको कार्यदलका संयोजक विक्रम गौतमले जानकारी दिए ।

पोखरा विमानस्थल चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ देखिे बनाइरहेको हे । हाल विमानस्थलको काम ८४ प्रतिशतले सकिएको विमानस्थल प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । सन् २०२१ जुलाई १० मा सक्ने लक्ष्य भए पनि एक वर्ष म्याद थपिएको साथै ठेकेदार कम्पनीले डिसेम्बरसम्म सबै निर्माण सामग्री आइसक्ने बताएको र त्यशपश्चात् काम सजिलो हुने मुनकर्मीले जानकारी दिए । पहिलो लकडाउनपछि पनि ७ सय बढी कामदार रहेकोमा दोस्रो चरणको महामारीपछि भने कामदार घटी हाल विमास्थलमा १ सय ८५ चिनियाँसहित ४ सय १५ जना कामदारल रहेको तथा चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थलमा हालसम्म ६८ प्रतिशत वित्तीय खर्च भइसकेको मुनकर्मीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति