सयौं मोटरसाइकल र गाडीले अध्यक्ष ओलीलाई सातदोबाटोबाट गोदावरीसम्म स्कर्टिङ गर्ने

काठमाडौं, १५ असोज । आजदेखि सुरू हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर महाधिवेशन स्थलसम्म पुर्‍याइने भएको छ।

एमाले सांसद महेश बस्नेतले ओलीलाई सातदोबाटोदेखि गोदावरीसम्म सयौं गाडी र मोटरसाइकलले स्कर्टिङ बताउनुभयो ।

यसअघि प्रधानमन्त्रीबाट हटेका ओलीलाई असार ३० गते सांसद बस्नेतको नेतृत्वमा बालुवाटारबाट बालकोटसम्म गाडी र मोटरसाइकलले स्कर्टिङ गरेका थिए।

ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो।

एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ।महाधिवेशनमा देशैभरबाट गरी पाँच हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ।

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ। हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति