आज ज्येष्ठ नागरिक दिवस, ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क

काठमाडौं, १५ असोज। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ ।

यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । तर यी सबै सुविधा एक महिनाभित्र प्रयोग गरिसक्नुपर्छ ।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अक्टोबर एक तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।

सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।ज्येष्ठ नागरिकहरुको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ दिएर यसको सुरुवात गरिएको थियो । सरकारले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्ने लगायतका सुविधा दिंदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति