संसद विघटन सही थियोः नेता बादल

काठमाडौँ, १४ असोज ।नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् ।भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ।’

भोलिदेखि सुरु हुने महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने थापाले जानकारी दिए । महाधिवेशनको भोलि १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । गोदाबरीस्थित सम्मेलन केन्द्रमा हुने कार्यक्रममा सहभागी प्रतिनिधिहरुका लागि छुट्टाछुट्टै सीट प्लानिङ गरिएको व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले भने ।

उनका अनुसार पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरु मञ्चमा र मुल हलमा तीन हजार प्रतिनिधि बस्नेछन् । दायाँ र बायाँको हलमा एकेक हजार पदाधिकारी बस्नेछन् । हलमा नअट्नेहरुका लागि बस्नको लागि टेन्टको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै खान पाउनेछन् भने साँझको खाना भने आफैँले व्यवस्थापन गर्नुपर्ने नीति बनाइएको थापाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति