कहाँ–कहाँ गल्ति गर्यौ आत्मसमीक्षा गर्दै अघि बढौँ – अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ असोज ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको विकासमा प्रवासमा रहेका नेपालीहरुको योगदान महत्त्वपूर्ण हुने विचार व्यक्त गरेका छन्। बुधबार राति उक्त पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विदेशमा प्राप्त अनुभव, ज्ञान र सीपले देशको विकासमा महत्त्वपूर्ण योगदान हुने धारणा राखेका हुन् । प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको अध्यक्षतामा बसेको बैठकमा बोल्दै प्रचण्डले समिति निर्माण गर्ने पार्टीको निर्णय लगत्तै बैठक आयोजना हुँदा र विश्वका विभिन्न देशमा छरिएर रहेका पार्टीका कार्यकर्तासँग भेटघाट हुँदा आफूलाई खुशी र गर्व महसुस भएको पनि बताए। एक घण्टा लामो आफ्नो प्रशिक्षणात्मक मन्तव्यमा प्रचण्डले अब आफू नयाँ ढंगले पार्टी निर्माण र शुद्धीकरणमा लागेको भन्दै कसैले पनि पार्टीलाई निजी स्वार्थपूर्तिको भाडो बनाउन नहुने बिचार व्यक्त गरे। ‘अब हामी क–कसले कहाँ–कहाँ गल्ति गर्यौ आत्मसमीक्षा गर्दै अघि बढौँ’, उनले भने। पार्टी विभाजन, वर्तमान राजनीतिक परिस्थिति, एमसीसी विवाद र एनआरएनए चुनाव सम्बन्धमा पार्टीका धारणाहरू राख्दै उनले भने, ‘हामी अहिले राष्ट्रिय एकता कायम राख्दै समाजवाद उन्मुख संविधानको रक्षामा खटिएका छौँ, हामीबीच एकता नहुँदा पछिल्ला राजनीतिक उपलब्धि र सिंगो देश नै खतरामा पर्ने देखिन्छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति