काठमाडौं, १४ असोज । काठमाडौँमा कोभिडको संक्रमण कायम रहेको बताउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भिडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुँदासम्म लागु हुने गरी यो आदेश जारी गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आज आदेश जाारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुपमा चाडपर्व मनाउन पनि आदेश जारी गरेको छ ।

प्रतिक्रिया