लुम्बिनीको विकास नरोक्न विष्णु पौडेलसहितको टोलिले प्रधानमन्त्रीलाई भेटेर गरायो ध्यानाकर्षण

काठमाडौँ, १४ असोज । बुटवलस्थित ज्योतिनगर पहिरो नियन्त्रणलगायत रूपन्देहीका विकास योजनाबारे सरकारको ध्यानाकर्षण गराउन एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीसहितको टोलीलाई लिएर सर्वदलीय बैठक चलिरहेकै बेला पौडेल बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् ।नेता पौडलले जिल्लाको विकासका काम रोकिएकोमा आपत्ति जनाउन जिल्लाका स्थानीय सरकार प्रमुखसहित प्रधानमन्त्री भेट्न पुगेको उनको सचिवालयले जनाएको छ ।बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो ।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति