बागमती खोला किनारमा महिलाको शव भेटियो

काठमाडौं, १४ असोज । काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको शव भेटिएको छ ।बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा बेवारिसे अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । शव अर्ध नग्न अवस्थामा भेटिएको छ । बागमती खोलाले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको हो । शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति