प्रधानमन्त्री देउवाले आज एक्कासी किन बोलाए मन्त्रीपरिषद् बैठक ?

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले आजको मन्त्रिपरिषद बैठक नियमित बैठक नै भएको बताए । उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् । बैठकमा केही महत्वपुर्ण निर्णय समेत हुन सक्ने बुझिएको छ ।काठमाण्डौ – प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति