प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सत्तागठबन्धनका दलका साथै नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले भदौ २३ गतेदेखि संसद बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको छ । संसद्को गतिरोध खुलाउनका लागि यसअघि सभामुख अग्नी सापकोटाले पनि सर्वदलीय बैठक बोलाएका थिए । तर आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमाले बैठकमा सहभागी भएको थिएन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति