प्रधानन्यायाधीश र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटघाट, यस्तो भयो छलफल

काठमाडौं, १३ असोज । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीशसहित केही न्यायाधीशलाई सर्वोच्चमै भेटघाट गरेको हो ।मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा।मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो ।

भेटघाटका क्रममा अध्यक्ष त्रिपाठीले न्यायिक सुधार र पारदर्शिताका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल लागू गर्न मागसमेत गरेको छ । अधिवक्ता त्रिपाठीका अनुसार भेटका क्रममा व्यापक न्यायिक सुधार तथा पारदर्शिताका लागि न्यायाधीश हरिकृष्ण कार्कीसहितको समितिले पेस गरेको प्रतिवेदन तत्काल लागू गर्न माग गरिएको छ ।त्यसैगरी संवैधानिक आयोगमा भएका नियुक्ति तथा त्यसका सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ तत्काल सुचारु गर्न मागसमेत गरेको अध्यक्ष त्रिपाठीले बताए । भेटका क्रममा मञ्चका महासचिव सरोजकृष्ण घिमिरे, सचिव पवन जयसवाल, कोषाध्यक्ष रोशन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति