नेपालमा थप ८९२ जना सङ्क्रमित, एक हजार ११३ जना निको

काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार ८८९ वटा एन्टीजेन परीक्षण गर्दा २६५ जनाको कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ११३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।सक्रिय सङ्क्रमित हुने १८ हजार १९३ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति