परराष्ट्रमन्त्री खड्काको शपथसम्बन्धी रिट हेर्न नभ्याइनेमा

काठमाडौं, १३ असोज । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्चले सपथ सम्बन्धी रिटलाई हेर्न नभ्याउनेमा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै गत ६ असोजमा सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै रिट दायर गरेका थिए ।संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न रिटमा माग गरिएको छ। सो व्यवस्था अनुसार शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अन्तरिम आदेश मागिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति