काठमाडौं,१३ असोज । काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । नेपाल प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा शर्मा भारतको बिहारमा भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले शर्मा भारतमा भेटिएको जानकारी दिए । सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको खुलेको थियो । दिनभर खोज्दा पनि शर्मा नभेटिएपछि मंगलबार उनका बुबाले प्रहरीमा खोजवीनका लागि निवेदन दिएका थिए । दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।
कपनबाट हराएका बालक भारतमा भेटिए
प्रतिक्रिया