संसद् छलेर सूचनामार्फत अध्यादेश खारेज गर्नु कानून विपरीत : अध्यक्ष ओली

काठमाडौँ, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अधिवेशन चालु रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नक्ने बताएका छन् । मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले संसद् छलेर सूचनामार्फत अध्यादेश फिर्ता गरिनु कानून विपरीत रहेको जिकिर गरे ।उनले यसअघि मध्यरातमा संसद् अधिवेशन अन्त्ये गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले संसदीय मूल्यमान्यता भत्काएको र अहिले संसद् चालू रहेका बेला कानून विपरित फिर्ता गरिएको आरोप लगाए ।ओलीले दूषित मनसायका साथ अध्यादेश ल्याएको टिप्पणी गरे । उनले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको भन्दै सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चुप लागेर बसेको बताए ।आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको भन्दै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । उनले आफ्नो सरकार ५ वर्ष चलाउन जनादेश प्राप्त भए पनि बिचैमा छोड्नु परेकोमा आफ्नो ढंग नपुगेको पनि हुनसक्ने बताए ।ओलीले आफू नेतृत्वको सरकारले असाधारण बिकासका लागि काम गरेकाले निर्वाचनमा जनतामाझ जान कुनै कठिनाइ नहुने तर्क गरे । ओलीले जहाज दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति