काठमाडौं, १२ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक चुनावमै जानुपर्ने आफ्नो प्रष्ट बटमलाइन बताए । एमाले बिधान महाधिवेशन प्रचार उपसमितिले काठमाडौंमा आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले चल्नै नसक्ने प्रतिनिधिसभा कायम राखेर मुलुकको भविश्यमाथि खेलवाड गर्न नहुने र चुनावमै जानुपर्नेमा जोड दिए । ‘संसद चलिरहेको छैन, चल्ने छाँटकाँट पनि छैन, अव ताजा जनादेश आवश्यक छ,’ अध्यक्ष ओलीले भने , ‘सत्तारुढ गठबन्धन छँदै छ, हामी मिल्नै पर्दैन, यो गठबन्धन र सरकारले चुनाव गराउँदा हुन्छ, अव मुलुकको अमुल्य समय बर्वाद बनाउनु हुँदैन, ताजा जनादेशमै जानुपर्छ । उनले ताजा जानदेशमा जाने कुरा जुनसुकै सरकारले गरेपनि अग्रगमन नै हुने आफ्नो मान्यता पनि रहेको सुनाए । ‘बिगतमा प्रतिगमन पनि भनियो तर हामी लोकतन्त्रमा जनताको मत लिने कुरा अग्रमगन नै हो भन्नेमा ढुक्क छौं,’ ओलीले भने । उहाँले अहिलेको संसदले समय खेर फाल्ने बाहेक केही नहुने पनि दावी गरे ।
संसद चल्न सकेन, अव चुनावमै जानुपर्छ : अध्यक्ष ओली
प्रतिक्रिया