पछिल्लो २४ घण्टामा थप १ हजार १५८ संक्रमित, निको भए एक हजार ३१८

काठमाडौं, १२ असोज । नेपालमा थप एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक हजार १५८ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा १४ हजार तीन जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १८ हजार ४२२ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।एक हजार तीन सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति