हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

१२ असोज । हाइटीमा आउँदो महिनामा हुन गइरहेको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो ।


निर्वाचन अनिश्चितकालको लागि स्थगित भएपछि देश थप अनिश्चिततामा धकेलिएको छ । सेप्टेम्बर २०२० मा राष्ट्रपतिको रुपमा जोवेल मोइसेको नियुक्तिपछि २०२१ जुलाईमा हत्या भएको थियो । त्यसपछि गठन गरिएको अस्थायी निर्वाचन परिषद् (सीईपी) का नौ सदस्यहरुलाई विपक्षी र जनताले कडा आलोचना गरेका छन् ।


सर्वत्र आलोचनाका कारण उनीहरुलाई बर्खास्त गरिएको हो । पटक पटकको छलफल पछि तय गरिएको निर्वाचन र संवैधानिक जनमत संग्रहको पहिलो चरणको मतदान आगामी नोभेम्बर ७ मा गर्ने तय भएको थियो । अहिले हुने भनिएको निर्वाचनले नै राष्ट्रपति समेत चयन गर्ने थियो, तर निर्वाचन नै नहुने भएपछि राजनीतिक संकट उत्पन्न हुने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति