कांग्रेस महामन्त्री खड्का सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना

काठमाडौं, १२ असार । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’ को लागि अस्पताल भर्ना गरिएको हो ।
सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का । खड्काले आफ्नो फेसबुक पेजबाट अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति ९पल्स० घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको बताएका छन् ।मंगलबार दिउँसो २ बजे आएको खड्काको रिपोर्टमा रक्तचाप १२०/८३, अक्सिजन लेभल ९८/९७/९६, ज्वरो ९८ डिग्री, मुटुको अवस्था सामान्य रहेको उल्लेख छ । डा। रोशन झा र उनको टिमको सुझावअनुसार(अब्जरभेसन)को लागि अस्पताल भर्ना गरिएको खड्काले बताएका छन् । महामन्त्री खड्काले औषधि सेवनबाट साइड इफेक्ट भएर करिब २ घण्टा निरन्तर असहज भएपछि अस्पताल भर्ना हुनु परेको प्रस्ट पारेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति