यौनशोषणको आरोपमा बानेश्वरबाट श्रीमान/श्रीमती पक्राउ

काठमाडौँ, १२ असोज । कोठामा बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा बानेश्वरबाट एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले मोरङ घर भई पुरानो बानेश्वर बस्दै आएका उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आरोपितकी श्रीमतीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।वृत्तका डीएसपी मिमबहादुर लामाका अनुसार सोमबार जजर्बस्ती करणीको आरोपमा एक युवतीले उजुरी दिएपछि श्रीमान/श्रीमती दुवैजनालाई पक्राउ गरिएको बताए ।

आफूलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा युवतीले वृत्तमा उजुरी दिएकी थिइन् । यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी लामाले बताए ।करणी गर्नुअघि ती पुरुषले आफूसँग भएको सम्पती बिक्री गरेर व्यापाररव्यवसाय गर्ने लोभ देखाएको पीडित युवतीले दाबी गरेकी छिन्। तर, पूर्व सर्तअनुसार काम नभएपछि पीडित भनिएकी युवतीले प्रलोभन देखाउने पुरुषको परिवारबारे थप खोजबिन गर्न थालेकी थिइन् । तर, आरोपित पुरुष श्रीमती र छोराछोरीसँगै काठमाडौंमै बस्दै आएको र आफूलाई फसाएको भन्दै पीडित प्रहरीमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आरोपित दुवैजनालाई वृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । युवतीसँग नजिक हुन पुरुषले घरपरिवारमा राम्रो सम्बन्ध नभएको र डिभोर्स गरेर छुट्टै घरजम गर्ने वचन दिएको प्रारम्भिक सोधपुछबाट खुले पनि यस विषयमा विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति