तेहरान , १२ असोज । अफगानिस्तानको लागि इरानले मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । इरानले निरन्तर अफगानिस्थानलाई सहयोग प्रदान गरिरहेको छ ।तेहरान टाइम्सअनुसार करिब १५ टन सामग्रीमा खाद्यान्न र औषधि रहेको छ ।मानवीय सहायतासम्बन्धी सामग्रीमा विशेषगरी खाद्य सामग्री संलग्न गरिएको छ ।अफगानिस्तानका लागि इरानले यो तेस्रो पटक पठाएको सामानसहितको ल जहाज आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा अवतरण गरेको अफगानिस्थानको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि शनिबार पनि इरानले करिब २१ टन सामग्री अफगानिस्तान पठाएको थियो ।अफगानिस्तानको सत्ता विद्रोही तालिबानीहरुले कब्जा गरेपछि त्यहाँका जनता अफठ्यारोमा परेका छन् । खाद्यान्न,औषधी लगायतका अन्यसामग्रीको आवश्यकताअफगान नागरिकलाई परेको बताइएको छ ।
अफगानिस्तानलाईइरानद्धारा मानवीय सहायता सामग्री उपलब्ध
प्रतिक्रिया