काठमाडौं, १२ असोज । उत्तर कोरियाको पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरिएको छ । सो प्रक्षेपणउत्तर कोरियाले कुन उद्देश्यसाथ गरेको हो भन्ने चाहिँ खुलेको छैन । उक्त मिसाइलउत्तर कोरियाले मंगलबार बिहान परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जानकारी दिएको हो । उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले मिसाइल प्रक्षेपण गरेको केही समयपछि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै कसैले पनि उत्तर कोरियालाई सुरक्षा र हतियार परीक्षण गर्नबाट रोक्न नसक्ने बताएका थिए ।
उक्त प्रक्षेपणपछिउत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको विषयमा जानकार भएपनि वर्तमान मिसाइल परीक्षणबाट अमेरिकी सेना र गठबन्धनलाई कुनै जोखिम नरहेको उल्लेख गर्दै अमेरिकाले एक विज्ञप्ति जारी गरेको छ ।
मंगलबार जापानी सञ्चारमाध्यमले अहिले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ब्यालेस्टिक हुन सक्ने यस किसिमको प्रक्षेपण राष्ट्रसंघको नियमविपरीत हुने बताएका छन् भने उत्तर कोरियाले मिसाइल प्रक्षेपण गर्नुको उद्देश्य के हो भन्ने पत्ता लगाउनदक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनलेराष्ट्रिय सुरक्षा परिषद्लाई निर्देशन दिएका छन् ।उत्तर कोरियाले यसअघि पनि सेप्टेम्बरको सुरुमाब्यालेस्टिक र क्रुज मिसाइल परीक्षण गरेको थियो । यद्यपि त्यसको केही समयपछि उसले दक्षिण कोरियासँग वार्तामा बस्नका लागि तयार रहेको बताएको थियो ।
प्रतिक्रिया