काठमाडौं, १२ असोज । २१ अर्ब ८४ करोड रुपैयाँको सवारीसाधन चालू आर्थिक वर्षको दुई महिनामा आयात गरीएको छ ।भदौमा साउनमाभन्दा ११ अर्ब बढीको सवारीसाधन आयात भएको हो। सरकारले चालू आर्थिक वर्षमा विद्युतीय गाडीमा कर खारेजसँगै आयात बढी दुई महिनामानै १४३ वटा विद्युतीय गाडी भित्रिएका छन् तर गत वर्ष भने स्थिति विपरीत थियो ।
सरकारले कर बढाएको कारण गत वर्ष साउन र भदौमा एउटा पनि विद्युतीय गाडी आयात हुननसेको तर असोजमा कर संशोधन भएपछि केही मात्रै आयात भएका थिए । त्यसअघिको आर्थिक वर्ष ०७६/७७ मा १३१ वटा विद्युतीय सवारीसाधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ भने चालू आर्थिक वर्षमा दुईपांग्रे मोटरसाइकल तथा स्कुटरको आयात ह्वात्तै बढेको छ। दुईपांग्रे मोटरसाइकल तथा स्कुटर ६४ हजार ७ सय वटा आयात भएका छन्। सवारीसाधनको आयातमा गत वर्षभन्दा चालु आर्थिक वर्षमा बृद्धि भएको छ ।
प्रतिक्रिया