धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदमुक्त गर्नुअघि सरकारले दियो सफाइको अवसर

काठमाडौँ, ११ असोज । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने छैन’ भन्ने व्यवस्था छ ।‘त्यही व्यवस्था अनुसार पदमुक्त गर्नुअघि ढुंगानालाई सफाइको अवसर दिन स्पष्टीकरण सोधिएको हो’ अर्थ मन्त्रालयसम्वद्ध स्रोतले भन्यो, ‘उहाँले स्पष्टीकरण दिनुहुनेछ । स्पष्टीकरण चित्तबुझ्दो नभएको भनेर बर्खास्तको निर्णय हुनेछ ।’धितोपत्र ऐनको दफा ११ मा दलको पदाधिकारी, धितोपत्र व्यवसायमा सलग्न, दामासाहीमा परेमा, मानसिक सन्तुलन बिग्रेमा वा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा पदमुक्त हुने भन्ने व्यवस्था छ ।ढुंगानाको हकमा धितोपत्र व्यवसायमा संलग्न भएको भन्ने उपदफा ‘ख’ अनुसारको आरोपमा कारवाही गर्न खोजिएको स्रोतको भनाइ छ ।प्राथमिक शेयर निष्कासन गर्नुअघि नै सर्वोत्तम सिमेन्टको शेयर छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको भेटिएपछि सरकारले अध्यक्ष ढुंगानामाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो । समितिले ढुंगानालाई धितोपत्र बोर्ड ऐन अनुसार तत्काल पदमुक्त गर्न सुझाव दिएको थियो ।करीब ७५० रुपैयाँ मूल्य तोक्ने तयारी भएर प्रक्रिया अघि बढेको अवस्थामा सर्वोत्तम सिमेन्टको संस्थापक शेयर प्रतिकित्ता २५० रुपैयाँका दरले ढुंगानाले छोरीको नाममा खरीद गरेको जाँचबुझ समितिको प्रतिवेदनमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति