एमसिसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं, ११ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन् । एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसी नेपालको आवश्यकता भएको बताए ।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड र प्रकिया भएकोले नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले संशोधन हुन कठिन भएको बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दे मन्त्री खड्काले आफू सत्तामा हुँदा यस्तो भन्ने ओली सरकार बाहिर रहँदा संशोधनको माग गरेर दोहोरो चरित्र देखाउनु विकासका लागि बाधक भएको उनले दाबी गरे ।एमसिसी विशुद्ध अनुदानले देशको विकास गर्ने हुनाले न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ भन्दै नेपालको आवश्यकता भन्ने सवै राजनीतिक दललाई अवगत भएकोले बाहिर हल्ला गरेजस्तो एमसिसी नभएकोले दोहोरो चरित्र प्रदर्शन नगर्न दलहरुलाई आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board