चिनियाँ विदेशमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाइ

काठमाडौं, ११ असोज ।नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीले बधाइ दिएका छन् ।
चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गर्दै विदेशमन्त्री यीले नेपाली समकक्षी खड्कालाई दिएको सन्देशमा मिलेर काम गर्ने चाहना व्यक्त गरेको जनाइएको छ ।नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाइमा लैजाने चाहना पनि चिनियाँ विदेशमन्त्रीले व्यक्त गरेको उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि यसैसाता नेपाली समकक्षीलाई बधाई सन्देश दिएका थिए

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board