पछिल्लो २४ घण्टामा थप १५ हजार ४८८ मा कोरोना परीक्षण गर्दा १२८२ लाई कोरोना

काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट १२ हजार ८१ ज १२८३ना र एन्टिजेनबाट ३४०७ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार २६२ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ। यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित छन्।यस्तै, काठमाडौं उपत्यकामा थप ३९४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका २८५ , ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति