बेलायतमा एकै दिन ३२ हजारभन्दा बढी सङ्क्रमण

११ असोज । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।


प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म सङ्क्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ यस सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।


त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ । केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भएपनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति