चन्द्रागिरि नगरपालिकामा वडा भवन उद्घाटन

काठमाडौं, ११ असोज । चन्द्रागिरि नगरपालिकामा वडा भवनको काम सम्पन्न भएको छ । नगर प्रमुख घनश्याम गिरीद्वारा ताम्रपत्र अनावरण गरि वडा नं ३ को नव निर्मित वडा भवनको उद्घाटन कार्य सम्पन्न भएको छ।

नगरपालिकाद्वारा बिनियोजित बजेट र अन्य सहयोगी ब्यक्ति तथा संघ संस्थाको सहयोगमा उक्त निर्माण कार्य सम्पन्न भएको कुरा निर्माण उपभोक्ता समितिका अध्यक्ष सिद्धी लाल महर्जनले बताए । वडामा सबै टोल टोलमा उज्यालो वडा अभियान अन्तर्गत सडक बत्ती जडान कार्य पनि अन्तिम चरणमा रहेको र वडाले खरिद गरेको एम्बुलेन्स पनि छिटै वडाको मातहतमा आइ संचालनमा आउने कुरा कार्यक्रमका सभापति तथा वडा नं ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनले बताए । कार्यक्रममा नगर उप प्रमुख विभिन्न वडाका वडाअध्यक्षहरु र वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, सुरक्षा प्रमुख, स्वास्थ्यकर्मीहरु लगायत विभिन्न ब्यक्तिहरुको सहभागित रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मि, स्वयंसेवक तथा अर्थिक तथा भौतिक सहयोग गर्ने ब्यक्ति तथा संघ संस्थालाई कदर पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुखले नगरपालिकाले बिनियोजित गरेको बजेटबाट छिटो छरितो रूपमा आकर्षक वडा भवन निर्माण भइ संचालनमा आउने भएकोमा खुशि ब्यक्त गरे ।

उनले नगरपालिकाको पनि आफ्नै प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत बताए । राजमार्गमा सडक बत्ती जडान कार्य हुँदै गरेको र थप भित्री बाटोहरुमा बत्ती र सीसी क्यामेरा जडान कार्य पनि यही आर्थिक बर्षमा गरिने समेत नगर प्रमुख गिरीले बताए । उनले शुन्य को स्थिति बाट शुरु गरिएको यस नगरपालिकामा आफ्नो कार्यकालमा सबै वडा र नगरपालिका स्वयंले आफ्नै भवनमा सेवा संचालन गर्न गराउन प्रतिबद्ध रहने समेत बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board