सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

काठमाडौँ, ११ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला रु ८८ हजार ५५० मा कारोबार भएको थियो ।


महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला रु १० ले बढेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति