काँठेखोलामा एमालेको भेला, फुटको प्रभाव सुन्य रहेको दाबी

बागलुङ, १० असोज – काठेखोला गाउँपालिका–५ बिहुँकोटमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर कार्कीले काठेखोलामा फुटको प्रभाव सुन्य रहेको बताए । उनले पार्टी लाई एक ढिक्का बनाउदै आगामी निर्वाचनमा चौतर्फी एमालेको झण्डा पहराउने दाबी गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार समिति सदस्य प्रमानन्द कँडेल, हिरालाल कँडेल, जिल्ला कमिटि सदस्य बालकृष्ण कँडेल, गाउँपालिका सदस्य गोबिन्द कँडेल र तेज परियार लगायतले बोलेका थिए । कार्यक्रम नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता र सदस्य हिरालाल कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति