काठमाडौं, १० असोज । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । आज नेप्से २७५८.४८ विन्दुमा रोकिएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५.८९ प्रतिशतले घट्यो । मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
६१ अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेकका उपसूचकमा रातो
प्रतिक्रिया