पोर्चुगलमा एनआरएनएका दुई समूहबीच सडकमै कुटाकुट

काठमाडौं, १० असोज । पोर्चुगलमा एनआरएनएका दुई समूहबीच सडकमै कुटाकुट भएको छ । आरएनएका दुई समूहबीच शनिबार साँझ सडकमै निस्किएर कुटाकुट भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकपछि अर्को विवादित गतिविधिका कारण बदनाम हुँदै गएको छ। गैरआवासीय नेपालीको हितका लागि भन्दै खोलिएको यो संगठनमा अत्यधिक राजनीति हाबी हुँदा बदनाम हुँदै गएको हो।यसको एउटा उदाहरण पोर्चुगलबाट सार्वजनिक भएको छ। जहाँ एनआरएनएका दुई समूहबीच सडकमै ग्याङ फाइट भएको छ। कुटाकुटका क्रममा केही सामान्य घाइते हुन पुगेका छन्। कांग्रेस र माओवादी गठबन्धनका रविन अधिकारी नेतृत्वको संघ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गठबन्धनको सोम पुरी नेतृत्वको संघका पदाधिकारी र समर्थकबीच शनिवार बेलुका लिस्बनको अलमेदा पार्कमा कुटाकुट भएको हो। पोर्चुगलमा दुवै समूहले आधिकारिकता पाएका छैनन्। उनीहरुले आफ्नो पक्षलाई आधिकारिक भन्दै दाबी गरिरहँदा कुटाकुटको अवस्था आएको हो।

विवादै विवादमा फसेको पोर्चुगलको एनआरएनएका दुई समूहबीच शनिबार साँझ सडकमै निस्किएर कुटाकुट भएको हो। यद्यपि प्रहरीले हस्तक्षेप गरेकाले ठूलो घटना भने टरेको छ।यो झडप एनआरएनए निर्वाचनमा भएको धाँधली र दुई समानान्तर समिति गठनमा देखिएको प्रमुख कारण भएको बताइएको छ।शनिबार साँझ दुई समूहका सदस्यहरू कुटाकुटमा उत्रिएपछि नेपाली समुदायले पनि त्यहाँ बदनामी कमाएका छन्। कांग्रेस र कम्युनिष्ट दुई समूहमा विभाजित एनआरएनएको विवाद कुटाकुटको तहमै पुगेपछि दुवै समूहलाई खारेज गर्नुपर्ने आवाज उठेको छ। गैरआवासीय नेपाली संघ पोर्चुगलको विवाद अझै रोकिएको छैन। विवाद उत्कर्षमा पुगेपछि संघको निर्वाचनको किचलोसँगै दुई समानान्तर समिति बनेका छन्। अहिले संघको कार्यालयमा ताला लागेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति