उच्च अदालतको गेटमै युवकमाथि खुकुरी प्रहार

काठमाडौं, १० असोज ।  उच्च अदालत विराटनगरको गेट अगाडि आइतबार दिउँसो एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। अदालतको गेटमै कमलसिंह रानालाई दिउँसो सवा १२ बजेतिर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका रानाको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगरका विमल कार्की पक्राउ परेका छन्। प्रहरीले घटनाको थप अनुसन्धानन अघि बढाएको जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति