आजबाट एनभीए क्लब भलिबल च्याम्पियनसिप सुरु


काठमाडौं , १० असोज । नेपाल भलिबल संघको आयोजनामा छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन समूह सी मा रहेको विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश, एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लब, बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लब तथा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच गरी पुरुषतर्फको चार खेल हुनेछ । महिलातर्फको खेल भने मंगलबारदेखि सुरु हुनेछ ।पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमलेप्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फ ४ र महिलातर्फ दुई समूहमा विभाजन गरिएको छ ।च्याम्पियनसिपको पुरुषतर्फ उत्कृष्ट ७ र महिलातर्फ उत्कृष्ट ५ टोलीले चैतमा आयोजना हुने एनभीए क्लब लिगमा स्थान बनाउने छन् भने विजेताले ४ लाख , उपविजेताले २ लाख साथै तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति