बालुवाटारमा आकस्मिक बैठक, अध्यादेश निष्क्रिय मन्त्रिपरिषद् बिस्तार

काठमाडौं, १० असोज । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा यिनै मुख्य दुई विषयमा छलफल हुने बताइएको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुँदैछन् ।सरकार बनेको अढाइ महिना वित्दा पनि गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन

। जसका कारण देउवा नेतृत्वको सरकारको चौतर्फी आलोचना बढेको छ । कांग्रेस सभापति देउवाको नेतृत्वमा असार २९ गते गठन भएको थियो । देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा कांग्रेसबाट दुई जना र माओवादीबाट दुई जना मात्र मन्त्री बनेका थिए । त्यसको केहीदिनपछि साउन १० गते प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेसका उमेश श्रेष्ठलाई नियुक्त गराएका थिए । केही दिन अघि असोज ५ गते देउवाले कांग्रेसकै नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे एकीकृत समाजवादी र जसपाबीच फरक बुझाइ रहेका कारण त्यसको प्रभाव मन्त्रिपरिषद् विस्तारमा परेको छ । एमाले विभाजनकै लागि सरकारले अध्यादेश जारी गर्दा एकीकृत समाजवादी अलग अस्तित्वको दल बन्न सक्यो तर त्यही अध्यादेशमार्फत आफ्नो पार्टी विभाजन हुने डर जसपालाई रहेको छ ।

मन्त्री बनाउने आश्वासनसहित महन्थ ठाकुर पक्षमा रहेका कतिपय सांसदलाई आफुतिर आकर्षित गर्न सफल भएका अध्यक्ष उपेन्द्र यादव अध्यादेशमा भएको व्यवस्था प्रयोग गर्दै मन्त्री बन्न नपाउने सांसदहरुले पार्टी विभाजन गर्छन् कि भन्ने भयमा छन् । त्यसैले उनले यो अध्यादेश खारेजपछि मात्र मन्त्रिपरिषद् विस्तारको अडान राखेका छन् । तर एकीकृत समाजवादी भने अध्यादेश खारेज नभै प्रतिस्थापन विधेयकमार्फत अघि बढाउनु पर्ने पक्षमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति