कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी(कसले कति मत प्राप्त गरे सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अन्य चार प्रतिस्पर्धीलाई पराजित गर्दै विजुक्छे सभापति बनेका हुन् ।

कुल १ हजार ३ सय ४४ मत खसेकोमा विजुक्छे ४ सय १४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गगांधर पराजुलीले ३ सय ४६ मत ल्याए । पराजुली नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष समेत हुन् ।

निर्वाचन समितिका अनुसार सभापतिमा विजुक्छे र पराजुली बाहेक रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि प्रतिस्पर्धामा थिए ।

पोखरा महानगर कार्यसमतिको उपसभापतिमा भने प्रयागराज भण्डारी र भवसागर बराल विजयी भए । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापा बिजयी हुँदा संघर्ष कोइराला र सञ्जीव आले सहसचिवमा बिजयी भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति