आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौ, ९ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । शनिबार हेटौँडामा आयोजित मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेको भन्दै अध्यक्ष नेपालले उनमा सद्बुद्धि आओस् भन्दै कटाक्ष गरे ।‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् ।

केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन्। हामी त्यस्तो गर्ने छैनौँ । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’ उनले भने । बागमती र प्रदेश १ मा पनि केन्द्रीय सरकारकै गठबन्धनले एमाले सरकार ढाल्ने बताउँदै नेपालले नयाँ सरकार गठन गरेर केपी ओलीलाई धुलो चटाउने ठोकुवा गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति