काठमाडौं, ९ असोज । नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार १० वटा टोलीले पार्टीलाई अघि बढाउने गरी विभिन्न कोणबाट सुझाव दिएको जानकारी दिए।१० वटा समूहका टोली नेताले आज सुझाव दिइसक्नु भएको छ, उनले बैठकपछि च्यासलमा भने, समूहबाट आएका सुझावबारे टोली नेताले भोलिको बैठकमा थप प्रष्ट पार्नु हुनेछ। साथै अध्यक्ष केपी शर्मा ओलीले पनि समूहबाट आएका सुझावबारे सम्बोधन गर्ने कार्यक्रम छ।
भट्टराईका अनुसार समूहबाट एक व्यक्तिलाई पार्टीको कुनै पनि कार्यकारी पदमा दुई कार्यकालभन्दा धेरै निरन्तरता नदिने गरी सुझाव आएका छन्। आज १० वटा टोलीका नेताहरुले निष्कर्ष सुनाउनुभयो। छुटेका ८/१० केन्द्रीय सदस्यहरुले पनि आफ्ना कुरा राख्नु भएको छु, उनले भने, पार्टी उपाध्यक्ष पनि सातवटा प्रदेश अनुसार राख्ने कि भन्ने सुझाव आएको छ। भट्टराईका अनुसार पार्टीलाई गतिशील बनाउन एक व्यक्तिलाई दुई कार्यकाल मात्रै एउटा पदमा दोहोर्याउने गरी अघि बढ्न समूहले जोड दिएका छन्। एउटा व्यक्ति दुई कार्यकालभन्दा नरहने भन्ने विधानमै छ। त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव आएको छु, उनले भने, ७० वर्षे उमेर हदलाई पनि कायमै राखेर जानुपर्छ भन्ने कुरा आएका छन्।
प्रतिक्रिया